मोरङमा मोटरसाईकल दुर्घटनामा घाईते भएकी महिलाको एक सातापछि मृत्यु

विराटनगर– मोरङमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ। दुर्घटना भएको एक सातापछि उपचारका क्रममा उनको मृत्यु भएको हो।

उर्लाबारी नगरपालिका–४ किसान चोकमा २७ कात्तिकमा प्रदेश १–०१–०१३ प ३३४२ नम्बरको मोटरसाइकलको ठक्करबाट घाईते भएकी मिक्लाजुङ गाउँपालिका–६ की पम्फा श्रेष्ठ (६०) को विहिबार विहन मृत्यु भएको हो।

दुर्घटनामा घाईते भएकी उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नभएको भन्दै परिवारका सदस्यले बुधबार राती उनलाई त्यहाँबाट निकालेका थिए। तर, अस्पतालबाट निकालेपछि उनको अवस्था थप जटिल बनेको थियो।

उनलाई फेरी उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगियो। त्यहीँ उपचारका क्रममा बिहीबार बिहान ६ बजे श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

दुर्घटनामा घाईते भएका मोटरसाइकल चालक झापाको विर्तामोड नगरपालिका–१ का २१ वर्षीय अनिषकुमार कट्टेललाई उपचारपछि प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट