आफ्नै जनप्रतिनिधिलाई समेत हरहिसाव देखाउँदैन इनरुवा नगरपालिका (भीडीओसहित)

सुनसरी– इनरुवा नगरपालिकाले जनप्रतिनिधिलाई समेत कार्यालयको हरहिसाव नदिने गरेको खुलेको छ। इनरुवा–६ का वडा सदस्य उत्तम कार्कीले केही विषयमा आफुले निवेदन दिएर माग गर्दा समेत हिसाव नपाएको खुलासा गरेका छन्।

कार्कीले मधेशा स्वास्थ्य चौकीबाट सञ्चालन भईरहेको एबुलेन्सको खर्च बिवरण माग गरेका थिए। तर, त्यो बिवरण आफुले नपाएको उनको गुनासो छ। एम्बुलेन्स मर्मतसम्भारका नाममा ६ लाख रुपैयाँको बिल बनाएर अनियमितता गरेको उनको आशंका छ।

‘मर्मतको नाममा धोई पखाली गरेर मात्रै ल्याएको हामीले पत्ता लगाएका छौं’ कार्कीले भने–‘सोही कुरा पुष्टि गर्नका लागि खर्च बिवरण माग गर्दै मंगलबारदेखि नै नगरपालिका आइरहेको छु तर विवरण पाएको छैन।’

उनले स्वास्थ्य चौकीमा रहेको बा १२ च २९६ नम्बरको टाटा सुमो कम्पनीको सो एम्बुलेन्स सम्बन्धित सरोकारवालालाई थाहै नदिई इनरुवा नगरपालिकाबाट मर्मत सम्भारका नाममा बिल मात्रै बनाइएको आरोप लागाएका छन्।

यस विषयमा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीसँग सम्पर्कको प्रयास सफल भएको छैन। उनीसँग सम्पर्क स्थापित भएपछि उनको भनाईलाई समाचारका रुपमा प्रश्तुत गरिने छ।

भीडीओ हेर्न यहाँ क्लिक गर्नुहोला।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट