आगोले पोलेर ७५ प्रतिशत शरीर डढेकी नैमुनको उपचारका क्रममा मृत्यु
जनकपुर– सर्लाहीमा खाना पकाउने क्रममा ग्याँस लिक भएर आगो लाग्दा जलेर घाईते भएका आमाछोरी मध्ये आमाको मृत्यु भएको छ।
ईश्वरपुर नगरपालिका–६, झन्झट टोलका नैमुन खातुन (३८) को उपचारको क्रममा सोमबार मृत्यु भएको हो। उनको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भईरहेको थियो। नैमुनकी छोरी आशो खातुन (१९) भने उपचारपछि घर फर्किएकी छिन्।
गत २५ कात्तिकको बिहान खाना पकाउने क्रममा ‘एलपी’ ग्याँस लिक हुँदा आगो सल्किएर दुवै जना जलेका थिए। आगोले नैमुनको ७५ प्रतिशत र छोरी आशोको १५ प्रतिशत शरीरको भाग जलेको थियो। उनीहरुलाई तत्कालै स्थानीयले उद्धार गरी बयलवासस्थित अस्पतालमा पु¥याएका थिए।
त्यहाँ सामान्य उपचारपछि नैमुनलाई थप उपचारका लागि किर्तिपुर पु¥याइएको थियो। किर्तिपुर अस्पतालका चिकित्सकहरुले उपचार सम्भव नभएको भन्दै फर्काइ दिएका थिए। त्यसपछि उनलाई चितवनस्थित भरतपुर अस्पताल भर्ना गरिएको थियो।
उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।