झाँक्री प्रकाश भुजेलसँग आर्थिक सहमति, ५ दिनपछि मृतक नगरकोटी दम्पत्तिको शव उठाईदै

काठमाडौँ– दुई जनाको ज्यान जाने गरी कार दुर्घटना गराएका झाँक्री प्रकाश भुजेल र पीडित परिवारबीच अन्ततः सहमति भएको छ। स्रोतका अनुसार दुई पक्षबीच आर्थिक सहमति भएको हो।

सवारी ज्यान सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका झाँक्रीले पीडित परिवारसँग मिलापत्र गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। दुई पक्षबीच छलफल र सहमतिपछि अस्पतालमा रहेको शव ५ दिनपछि उठाउने तयारी भइरहेको छ।

मृतकका परिवारले क्षतिपूर्तिवापत १ करोड रुपैयाँ माग गर्दै शव उठाएका थिएनन्। तर, आईतबार स्थानीय जनप्रतिनिधिको उपस्थितिमा दुवै पक्षबीच ५० लाखमा सहमति भएको प्रहरी स्रोतले जनकारी दिएको छ। भुजेलविरुद्ध सवारी ज्यान मुद्धा भने दर्ता भइसकेको उनले बताए।

गत २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले काठमाडौंको शंकरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ का नारायण नगरकोटी (३८) र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए।

घाइतेलाइ तत्काल ग्राण्डी हस्पिटल पुर्याइएकोमा नारायणको सोही दिन र सानुमायाको आईतबार उपचारका क्रममा मृत्यु भएको हो। भुजेलले चलाएको कार मोटरसाइकलाई ठक्कर दिएर पसलको सटरमा गएर ठोक्किएको थियो। दुर्घटना लगत्तै भुजेल गाडीबाट लुसुक्क निस्किएर फरार भएका थिए। पछि फेसवुकमा लाईभ गर्दै उनले प्रहरीमा आत्मसमर्पण गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट