खादा मालासहित र्‍याली लिएर मनोनयन दर्ता गर्न हिडेका उम्मेदवार टिकट खोसिएपछि बाटैबाट फिर्ता

काठमाडौँ– कीर्तिपुर– १ मा उम्मेदवारी दिन खादामालासहित र्याली लिएर हिडेका एक जना माओवादी नेता बीचबाटो बाटै हिस्स परेर फर्किनु परेको छ।

माओवादी केन्द्रले उम्मेदवार बनाएपछि तामझामसहित निस्किएका अष्टमान महर्जन टिकट खोसिएको जानकारी पाएपछि बीच बाटोबाटै फर्किएका हुन।

टिका, खादा र माला लगाएर माओवादीका ३ उम्मेदवारहरुसहितको र्याली निर्वाचन आयोगतर्फ जाँदै थियो। बाटैमा रहेका बेला १ नम्बर वडामा माओवादीले जसपाका उम्मेदवार सरल महर्जनलाई सहयोग गर्ने सूचना आयो। त्यसपछि उनी निर्वाचन कार्यालय नै नपुगी फिर्ता भएका हुन।

त्यसपछि माओवादीको र्यालीमा सरल पनि मिसिएका थिए। अष्टमानले सरललाई शुभकामना दिए र सँगै फोटो पनि खिचाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट