कलेजो सम्वन्धि समस्याले अस्पताल भर्ना भएका पूर्वसभामुख ढुङ्गानाको निधन
काठमाडौँ– कलेजो सम्वन्धि समस्याका कारण अस्पताल भर्ना भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज दिउँसो निधन भएको छ।
फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा दिउँसो करिव २ बजे उनको निधन भएको हो। भान्जा सुरज भट्टराईका अनुसार अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना ०४८ सालदेखि ०५१ सम्म सभामुख थिए। तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनको भूमिका छ।
प्रतिक्रिया