रुकुम पश्चिमको रिठामा बस दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौँ– भेरी करिडोरअन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, रिठामा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर कच्याककुचुक भएको छ।

प्रहरीका अनुसार काठमाडौँबाट राडीतर्फ जाँदै गरेको प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज दुर्घटना भएको हो।

दुर्घटनामा बस चालक धादिङको खाग्री गाउँपालिका–१ का खड्कबहादुर तामाङ (३१), सोही गाउँपालिका–६ का भीमबहादुर भुलन (२८), रुकुम पश्चिमको आठबिसकोट–९ का प्रकाश गौतम (३१), दोलखा भिमेश्वर नगरपालिका–७ का प्रकाश मगराठी (२६) घाइते भएका छन्।

यसैगरी, आठबिसकोट–११ का गणेश रसाइली (१७), जाजरकोटको नलगाड नगरपालिका–८ का भीमकुमारी चँदारा (४५), उनका छोरा मानबहादुर चँदारा (१०), मोरङ खेरुवा नगरपालिका–५ का आकाश काफ्ने (२८) र जाजरकोटको नलगाड–१२ की किसङकुमारी विक (२५) पनि घाईते भएको प्रहरीले जनाएको छ।

घाइते सबैको नगर अस्पताल राडीमा उपचार भइरहको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर ऋषि पाठकले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट