हनि ट्रयाप प्रकरणमा फरार रहेकी इन्स्पेक्टर विनु शाहीले छानविन समिति विरुद्ध नै दिईन उजुरी

काठमाडौँ– हनी ट्रयापमा पारेर जग्गा व्यवसायीसँग रकम असुली गरेको अपराधमा फरार रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीले छानिवन समितिका संयोजक डीएसपी नरहरि अधिकारी विरुद्ध नै गृहमन्त्रालयमा उजुरी दिएकी छिन्।

जिल्ला प्रहरी परिसर, ललितपुरले बनाएको छानविन समितिका संयोजक रहेका डीएसपी अधिकारीले आफूविरुद्ध प्रतिशोध साँध्ने हिसाबले कारबाही गर्न सिफारिस गरेको दाबी उनको उजुरीमा रहेको मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार शाहीको उजुरीमा अधिकारीको आचारणमा गम्भिर प्रश्न उठाइएको छ। केहीअघि गोदावरीमा गलत दृष्टिकोण राखेर अभिब्यक्ति दिएको विषय पनि उजुरीमा उल्लेख छ। शाहीको उजुरी मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्साल पठाएको छ।

मन्त्रालयबाट उजुरी पुगेपछि आईजीपी वसन्त कुँवरले त्यो प्रकरणको अनुशन्धान जिल्ला प्रहरी परिसर, ललितपुरबाट खोसेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको जनाईएको छ। सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार, ब्यूरोले शाहीले गोदावरीमा भएको भनिएको घटना र हनी ट्रयापको घट्नालाई वेग्लावेग्लै अध्ययन गरिरहेको छ।

के भएको थियो घट्ना ?
हनि ट्रयापको घट्ना असोज पहिलो साताको हो। ६ असोजको साँझ प्रहरी प्रभाग, भैंसेपाटीमा प्रहरीकै उपस्थितिबीच पीडित र आरोपीबीच गोप्य लेनदेन हुँदै गरेको सूचना जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख शेखर खनाललाई आएको थियो।

सूचनापछि खनालले तत्कालीन डीएसपी शाहीलाई फोन गरेर दुवै पक्षलाई लिएर जावलाखेलस्थित कार्यालयमा आउन निर्देशन दिएका थिए। त्यसपछि हाल प्रहरी हिरासतमै रहेका आरोपी ताज मुल इस्लाम, किशोरी सुष्मा विक (१९) लगायतलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो भने जग्गा व्यवसायीको समेत बयान लिइएको थियो।

अनुशन्धानका क्रममा सुनसरीको इटहरीमा भएको घटनालाई प्रहरी प्रभाग, भैंसेपाटीले अनावश्यक चासो राखेर छलफल गराएको, इन्स्पेक्टर शाहीले प्रहरी प्रयोग गरेर उजुरी हाल्न लगाएको, प्रहरीको उपस्थितीमा रकम वार्गेनिङ गरेको लगायतका प्रकरण खुलेका थिए।

जग्गा व्यवसायी पूर्व घुम्न गएका वेला एक किशोरीसँग विभिन्न स्थानमा घुम्न गएका थिए। त्यसक्रममा उनीहरुबीच ‘केही लेनदेन’ र सम्वन्ध पनि भएको थियो। पछि युवती, ताज इस्लाम, दर्शन पोखरेल लगायतको योजनामा भैंसेपाटी आएर घटनालाई बलात्कारमा रुपमान्तरण गरी हनि ट्रयापमा फसाईएको देखिएको छ।

ललितपुर प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार त्यसपछि डीएसपी अधिकारीको नेतृत्वमा इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठ, वरिष्ठ सई लोकेन्द्र पण्डितसहितको छानबिन समिति बनेको थियो। समितिको सिफारिसका आधारमा शाहीलाई पनि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा प्रतिवादी बनाएको छ।

घट्ना अनुसन्धानका क्रममा शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाल पक्राउ परेका छन् भने नेपाल प्रहरीका एसपी कमल थापा पनि तानिएका छन्। एसपी थापाले नै इस्लाम र शाहीबीच सम्बन्ध जोडिदिएको भेटिएको छ।

थापा सुनसरीमा प्रहरी प्रमुख हुँदा इस्लामसँग चिनजान र कञ्चनपुरको प्रहरी प्रमुख हुँदा शाहीसँगको चिनजानका कारण यो प्रकरण भैसेपाटी पुगेको अनुशन्धानका क्रममा खुलेको छ। सीआईबीले बिहीबार थापाको बयान लिएको छ।

सीआईबीको अनुसन्धानमा ताजले एसपी थापालाई पटकपटक फोन गरेको र उनीहरुको भेटघाट समेत भएको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट