दर्शनार्थी चढेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो, चालकको अवस्था पनि गम्भिर
काठमाडौँ– दार्चुलामा दर्शनार्थी चढेको जिप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ। शुक्रबार विहान शैल्यशिखरनगरपालिका–६ मा मालिकार्जुन धामको मेलाबाट फर्किरहेका दर्शनार्थीहरू सवार जिप दुर्घटनामा परेको थियो।
गोकुलेश्वर आउँदै गरेको म१ ज३३८ नम्वर जिप सडकबाट ३ सय मिटर तल खसेको थियो। जसमा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
डिएसपी प्रकाश दाहालका अनुसार मृतकको पहिचान खुलिसकेको छैन। दुर्घटनामा परी ४ जना घाइते भएका छन्। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको डिएसपी दाहालले जानकारी दिए।
जिपमा १२ जना सवार रहेको खुलेको छ। प्रहरीका अनुसार जिप चालकको अवस्थामा पनि गंम्भिर छ।
प्रतिक्रिया