काठमाडौंको गोकर्णेश्वरमा वन्द कोठाभित्र २ नाबालक र उनकी आमा मृत भेटिए
काठमाडौंँ– काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीन जनाको शव फेला परेको छ। उनीहरुको हत्या भएको आशंका छ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–३, गाम्चाकी सीता दंगाल मोक्तान (३३), उनकी छोरी १५ वर्षीय अंशु मोक्तान र दुई वर्षीय छोराको शव फेला परेको हो। कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार तीन जनाकै शव सडेको अवस्थामा छ। सीताका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए। पछि जाँच गर्दा बन्द कोठाभित्र शव भेटिएको प्रहरीले जनाएको छ। कान्छालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ।
प्रतिक्रिया