रवि लामिछानेलाई भैरहवाबाट ७ बजे पोखरा पुर्‍याउने तयारी

काठमाडौँ– वयानका लागि भैरहवा पुर्याईएका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई राती ७ बजेसम्म पोखरा पुर्याउने तयारी भएको छ। रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले उनीसँगको बयान सकिएको जनाएपछि प्रहरीले लामिछानेलाई पोखरा लाने तयारी गरेको हो।

पोखराको सूर्यदर्शनपछि बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणमा मुछिएपछि बयान र अनुसन्धानका लागि उनलाई त्यहाँ पुर्याइएको हो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरी हिरासतमा रहेका रविको समर्थनमा आज बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र्याली निकालिएको थियो।

करिब १ सय वटा मोटरसाइकल र्यालीमा सहभागि थिए। र्यालीमा लामिछानेको पक्षमा नाराबाजी गरिएको थियो।

अर्कोतर्फ, यही प्रकरणमा रास्वपा सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने तयारी गरिरहेका छन्। प्रधानमन्त्रीसँगको भेटमा ज्ञापनपत्र बुझाउने उनीहरुको तयारी छ। रास्वपाका सांसदहरूले प्रधानमन्त्रीसँग समय मागेका छन् तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समयबारे कुनै खबर नआएको उपाध्यक्ष डीपी अर्यालले जानकारी दिए।

सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको रास्वपाको आरोप छ। यसबीचमा रास्वपाले पोखरा र भैरहवामा आन्दोलन जारी राखेको छ। सहकारी पीडितले पनि काउन्टर आन्दोलन गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट