मोटरसाईकललाई ठक्कर दिएर १ जनाको ज्यान लिएका झाक्रीले लाईसेन्स विना नै कुदाएका थिए गाडी ?
काठमाडौँ– बुधबार पतिको मृत्यु र पत्नि गम्भीर घाइते भएको दुर्घटनामा पक्राउ परेका झाँक्री प्रकाश भुजेलको सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला परेको छैन।
दुर्घटनापछि फरार भएका भुजेलले केही समयपछि प्रहरीमा आत्मसमर्पण गरेका थिए। उनको साथमा लाइसेन्स भेटिएको छैन। प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका उनले सोधपुछका क्रममा लाइसेन्स घरमा रहेको दाबी गरेका छन्।
प्रहरीले घरबाट लाइसेन्स मगाएको छ। तर, उनीसँग लाइसेन्स छ÷छैन भन्ने यकिन भएको छैन। भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बुधबार दिउँसो शंखरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
कारको ठक्करबाट मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–२ का नारायण नगरकोटी (३८) को मृत्यु भएको छ भने उनकी श्रीमती किसानुमाया नगरकोटी गम्भिर घाईते छिन्। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।