सुप्रिम सहकारीको रकम अपचनको अनुशन्धानमा रविको बयान वाझियो, बयान अझै जारी

काठमाडौँ– सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा पु¥याइएका रास्वपाका सभापति रवि लामिछानेले बुधबारको बयानका क्रममा विरोधाभास कुरा गरेका छन्।

निरन्तर ९ घण्टाभन्दा बढि भएको बयानमा उनले केही ठाउँमा बाझिने प्रकारका अभिव्यक्ति दिएका छन्। सुरूमा थाहा नै छैन भनेका कतिपय कुरा अन्य सवालमा भने केही तथ्यहरू खुलाएका छन्। खासगरी सुप्रिम सहकारीबाट उनका नाममा निकासा भएको २ करोड रूपैयाँका विषयमा रवि अनुशन्धानको घेरामा छन्।

यो विषयमा अदालतमा अभियोग पत्र दायर भईसकेको छ। तर, त्यतिखेर रविलाई प्रतिवादी बनाइएको थिएन। रविले उक्त रकम आफूले आवेदन दिएर नलिएको र त्यो पैसा लिने रवि लामिछाने पनि आफु नभएको बताउँदै आएका छन्। त्यो पैसा आफू सम्बद्ध खातामा कसरी जम्मा भयो भन्ने विषयमा पनि आफुलाई जानकारी नभएको उनको भनाई छ।

‘जुन ठेगाना उल्लेख गरिएको छ, त्यो रवि लामिछाने को हो त ?’ भन्ने विषयमा पनि उनको बयान फरक परेको छ। सुप्रिम सहकारीबाट सवा १४ करोड रूपैयाँ गोर्खा मिडियामा गएको छ। त्यसबाहेक रविको नाममा मात्र थप २ करोड रूपैयाँ अनियमित तरिकाले निकासा गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ।

वयानको क्रम अझै सकिएको छैन। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको छ। बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा यसअघि २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा चलिरहेको छ। उनीहरूले १८ सय २८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको अभियोग छ।

त्यसमा रवि र छविलाई प्रतिवादी बनाइएको थिएन। अभियोगपत्रमा रविलाई प्रतिवादी नबनाइए पनि उनको नाममा २ करोड रुपैयाँ निकासा पाइएको किटान गरिएको छ। अब रवि र छविविरूद्ध पूरक अभियोगपत्र दर्ता गर्ने तयारी प्रहरीले गरेको छ।

कास्की जिल्ला अदालतले उनलाई पछिल्लोपल्ट १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ, जुन मंसिर ८ गते सकिनेछ। अनुसन्धानको क्रम नटुंगिए प्रहरीले पुनः अदालतमा पेस गरी म्याद थपका लागि आग्रह गर्न सक्नेछ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा रवि लामिछानेलाई २ कात्तिकमा काठमाडौँमा पक्राउ गरी पोखरा पु¥याइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट