धरानमा कृषि फार्मबाट गाँजा कारोबार, ३ क्विण्टल गाँजासहित सञ्चालक राई पक्राउ
इटहरी– सुनसरीको धरान स्थित एक कृषि फार्मबाट प्रहरीले तीन क्विण्टल भन्दा वढि गाँजा बरामद गरेको छ।
धरान उपमहानगरपालिका–१७, खेरैनी स्थित सुप्रिम एग्रीकल्चर कृषि फार्मबाट ३ सय ७ किलोग्राम गाँजा बरामद भएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले मंगलबार राति गाँजा बरामद गरेको हो। धरान–१३ का मनीराज राई (४४) ले सञ्चालन गर्दै आएको फार्मबाट गाँजा कारोबार हुने गरेको सूचना प्रहरीले पाएको थियो।
सोही सूचनाका आधारमा पुगेको प्रहरी टोलीले प्लाष्टिकका १० वटा बोरामा प्याक गरेर राखेको गाँजा बरामद गरी सञ्चालक राईलाई पनि पक्राउ गरेको छ।
प्रहरीका अनुसार राईले धनकुटा, भोजपुरलगायतका पहाडी जिल्लाबाट गाँजा संलकन गरी कृषि फार्ममा जम्मा गरेर अन्यत्र सप्लाई गर्ने गरेको पाईएको छ। प्रहरीले घट्नाको थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया