‘निर्मला पन्तको हत्या र बलात्कारको प्रत्यक्षदर्शी हुँ’ भन्ने अर्याललाई सीआईबीको केरकार

काठमाडौँ– प्राइम टेलिभिजनको अन्तरवार्तामा कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्त (१३) को बलात्कार र हत्या आफुले प्रत्यक्ष देखेकेको दावी गर्ने ब्यक्तिसँग नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी) ले केरकार गरेको छ।

ऋषि धमलासँगको अन्तरवार्तामा सहभागि भएर आफुलाई घट्नाको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल नामक व्यक्तिलाई सीआईबीले सोमबार कार्यालयमा बोलाएर दिनभरी बयान लिएको हो। कञ्चनपुरकै एकसहित तीन जनाले सामूहिक बलात्कारपछि निर्मलको हत्या गरेको उनले बताएका छन्। उनीहरुको नाम समेत भन्न सक्ने अर्यालय दावी गर्छन।

धमलासँगको अन्तरवार्तामा अर्यालले आफू तत्कालीन खानेपानी मन्त्री बिना मगरको गाडी हाँक्दा सो घटना प्रत्यक्ष देखेको दाबी गरेका छन्। ‘मन्त्रीज्यू घरमा हुनुहुन्थ्यो। म र एकजना प्रहरी गाडी लिएर घुम्न निस्किएका थियौं’ उनले भनेका छन्–‘बाटोमा उखुबारी थियो। त्यो बहिनी साइकल लिएर आएकी रहिछन्। उनीसहित चार जना थिए। त्यो अवस्थामा देखेपछि मैले के भएको हो भनेर सोद्धा प्रहरी साथीले गाउँमा यस्तै हो भनेपछि हामीले हस्तक्षेप गरेनौं। पछि बलात्कार र हत्या भएको खबर आयो।’

अर्यालले यो घटना बाहिर ल्याउन खोज्दा आफूमाथि पटक–पटक आक्रमण भएको पनि जिकिर गरेका छन्। उनले खुट्टा र घाँटीको चोट देखाउँदै आफुमाथि आक्रमण भएको प्रमाण दिने प्रयास गरेका छन्।

यही कुरा उनले सीआईबीलाई समेत बताएको जनाईएको छ। सीआईबी स्रोतका अनुसार उनले प्रहरीसँग पनि आफू प्रत्यक्षदर्शी भएको बताएका थिए। पूर्वमन्त्री बिना मगरेको गाडी चलाएर कञ्चनपुर गएको वेला आफुहरुले बाटो हिड्दा उक्त घट्ना देखेको अर्यालको दावी थियो।

तर, सीआइबीले उनको कुरामा विश्वास गरेको छैन। उनका कुरा नै विश्वास गर्न लायक नभएको सीआईबी स्रोतले जनाएको छ। सीआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भने –‘उनको बयान घटनाको प्रकृतिसँग मेल खाँदैन। त्यसैले गम्भीरतापूर्वक लिन सकिएको छैन।’ प्रहरीले अर्यालको मानसिक अवस्था नै सन्तुलनमा नरहेको अनुमान गरेको छ।

प्रहरीका अनुसार उनी करिव ३० वर्षसम्म सवारी चालकका रूपमा सरकारी जागिरमा थिए। तर, ०७७ सालमा नक्कली लाइसेन्सको मुद्दा परेपछि उनी जागिरबाट हटाईए। उनले आफु अन्यायपूर्वक निकालिएको बताउने गरेका छन्।

सोही प्रकरणपछि उनी विछिप्त भएर वहकिएका कुरा गर्न थालेको प्रहरीको आशंका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट