मायाँजालमा परेकी बालिकामाथि प्रेमी र भिनाजुले गरे बलात्कार, १ महिनापछि घट्ना सार्वजनिक

चितवन– चितवनम १५ वर्षीया बालिकामाथि आफनै भिनाजु र प्रेमीले बलात्कार गरेको घट्ना एक महिनापछि सार्वजनिक भएको छ। प्रेमी भनिएका प्रमेश गुरुङ (२०) र बालिकाका भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार यो घट्ना २० असोज रातीको हो। पीडितका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले बालिकाका प्रेमी र भिनाजुलाई पक्राउ गरेको हो। सामुहिक बलात्कारको मुद्दा १३ कात्तिकमा जिल्ला अदालत चितवनमा दर्ता भएको छ।

मुद्दाको ब्यहोरा अनुसार बालिका आफनो घरबाट फुपूको घरमा गएकी थिईन। भरतपुर महानगरपालिकामा घर भएका प्रेमी गुरुङले २० असोजको राती करिव १२ बजे फकाएर भेट्न बोलाएका थिए।

गुरुङले बोलाएर गएकी बालिकालाई उनले फुपूको घरबाट केही पर धान खेतमा पु¥याए। मदिरा सेवन गरेका उनले एकान्तको फाईदा उठाएर धान खेतमै बलात्कार गरे। प्रेमीले बलात्कार गरेपछि आफ्नै भिनाजुले पनि उनलाई बलात्कार गरेको खुलेको छ। भिनाजु त्यहाँ कसरी पुगे भन्ने खुलेको छैन।

सामुहिक बलात्कारका कारण रगताम्य भएकी बालिकालाई भिनाजुले खेतमै छोडेर हिडेको प्रहरीले जनाएको छ। त्यसपछि उनले फोन गरेर आमालाई बोलाएकी थिईन। आमाले उद्धार गरेर घर लगेपछि पीडकहरु विरुद्ध जाहेरी परेको थियो।

प्रहरीको अनुशन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले पीडकहरु विरुद्ध १४ वर्षसम्म कैदसहित थप सामूहिक बलात्कारको कैद र पाँच लाख रूपैयाँ जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट