दुर्घटनामा परेका विरामी बोकेर अस्पताल गएको एम्बुलेन्स पनि दुर्घटना, २ जना घाईते

काठमाडौँ– सोमबार जाजरकोटमा फोर्स गाडी दुर्घटनामा परी घाइते भएका बिरामीलाई पु¥याउन नेपालगञ्ज गएको एम्बुलेन्स पनि दुर्घटनामा परेको छ।

भे १ च २२४७ नम्बरको एम्बुलेन्स मंगलबार बिहान कोहलपुर चौराहमा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी धर्मराज भण्डारीका अनुसार भूपू सैनिकद्वारा सञ्चालित उक्त एम्वुलेन्स फर्किने क्रममा थियो।

घाइतेलाई नेपालगञ्ज पु¥याएर फर्किने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको र दुई जना घाइते भएको उनले जानकारी दिए। एम्बुलेन्स चालक सुर्खेतको लेकबेशी नगरपालिका–७, का दिनेश पुलामी (२०) र जाजरकोटको भेरी नगरपालिका–७, का विराजन शाही (२५) घाईते भएको प्रहरीले जनाएको छ।

दुवैको भेरी मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। एम्बुलेन्सले जाजरकोट दुर्घटनाका घाइतेलाई कर्णाली प्रदेशअस्पतालबाट लिएर गएको थियो। गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट सुर्खेत लगिएको थियो। उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो।

जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका–१३, स्थित कुदु नजिक दुर्घटना हुँदा २५ जना घाइते भएका थिए। उक्त गाडीमा ११ जना बच्चा सहित २१ जना सवार रहेका थिए।

गाडी सडकदेखि २५/३० मिटर तल खसेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट