पेट्रोल ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ जना घाइते

हेटौँडा– हेटौँडामा गएराती पेट्रोल ट्यांकरको टायर पड्किएर एक जना मजदुरको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा टायर पड्किएको हो ।

मंगलबार राति करिव १ बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्यांकरको टायर खोलेर मर्मतपछि हावा भर्ने क्रममा विस्फोट भएर दुर्घटना भएको हो। घटनामा भारत घर भएका मोहम्मद ऐजाज (३४) को मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका उनी टायर विस्फोटमा घाइते भएका थिए। उनको टाउको र शरिरको बायाँतर्फको भागमा गम्भीर चोट लागेको थियो।

चितवनस्थित नयाँ मेडिकल कलेजमा भर्ना गरिएको उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए। घटनामा पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिका–२ का जाबिर हवारी (१८), ट्यांकर चालक हेटौँडा ११ का देवान लामा (३९), अर्को टयांकरका चालक धादिङको धुनिबेशी नगरपालिका २ भञ्ज्याङपोखरीका उत्तम बस्नेत (२३), हेटौँडा–११ नवपलुरका मोहनलाल दुलाल (४७) र धादिङको थाक्रे गाउँपालिका– ८ का लक्ष्मण थापा घाइते भएका छन्।

ट्यांकर चालक लामाको चुरे हिलअस्पतालमा उपचार भईरहेको छ भने अन्य ४ जना उपचारपछि डिस्चार्ज भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट