फोटो खिच्ने लोभले अर्जुनले अकालमा ज्यान गुमाए, श्रीमती र नाबालिका छोरीको विचल्ली

चितवन– सामाजिक सञ्जालमा चर्चा कमाउने लोभमा पछिल्लो समय युवायुवतीहरु फोटो/भीडीओका लागि मरिहत्ते गर्छन। राम्रा र लोभलाग्दा फोटो/भीडीओका लागि जस्तो सुकै खतरा मोल्न पनि तयार हुन्छन्। फोटो/भीडीओको लोभमा कतिपयले ज्यानै जोखिममा पार्ने गरेका छन्।

३ दिन अघि चितवनमा यही प्रवृत्ति दोहोरियो। फोटो खिच्ने लोभमा चितवनको भरतपुर महानगरपालिका–१६, प्रगतिटोलका अर्जुन गौतम (३५) ले बिहीबार (कात्तिक २२) ज्यान गुमाए। भरतपुरमै प्रभावशाली चार्टर्ड एकाउन्टेन्टको रूपमा नाम कमाएका अर्जुनको फोटो कै कारण मृत्यु भयो।

छठ पर्वको विदा थियो। पारीवारिक स्रोतको अनुसार कतै घुम्न गएर विदा मनाउने उनको योजना थियो। त्यसैले नारायणी सामुदायिक अस्पतालमा नर्स रहेकी श्रीमती शर्मिलालाई पनि उने एक दिनको बिदा लिएर घुम्न जाने प्रश्ताव गरे। तर, शर्मिलाले ‘आज बिदा मिलाउन सकिन्न, अरू कुनै दिन मिलाएर जाउँला’ भनेर उनको प्रश्ताव अस्विकार गरिन। त्यति भनेर हस्पिटल निस्किएकी उनले त्यसपछि अर्जुनलाई पतिको रुपमा देख्न पाईनन्।

श्रीमती नभ्याए पनि अर्जुन आफ्ना बुवा टीकाराम, आमा देवी, ५ र २ वर्षका छोरीहरू तथा सासुआमा र सालोलाई लिएर बैकुण्ठ ताल घुम्न गएका थिए। कसरा भन्ने ठाउँमा पुगेपछि अर्जुनकी सासुले वैकुण्ठ ताल नगएर ठोरी अयोध्या हेर्न जाने इच्छा ब्यक्त गरिन। तर अर्जुन आफैँले ढिपी गरेर सवैलाई वैठकुण्ठ ताल नै लगे।

वैकुण्ठ तालमा जानमा लागि गाडीबाट ओर्लिएर हिँड्ने क्रममा अर्जुन र उनकी जेठी छोरी अघि–अघि लागे। आमाबुवा, सासुआमा र सालो पछि–पछि थिए। सानी छोरी उनीहरु सँगै थिईन। उनीहरू जब तालको नजिक पुगे, त्यहाँ अर्जुन देखिएनन्। जेठी छोरी भने हातमा मोबाइल बोकेर उभिरहेकी थिईन। टीकारामले ‘बाबा खोइ?’ भनेर सोध्दा उनले एउटा ढुंगातिर हातले इशारा गर्दै ‘बाबा ऊ त्यहाँ जानुभएको छ’ भन्दै जवाफ दिईन।

गएर हेर्दा अर्जुन वैकुण्ठ तालमा डुबिसकेका थिए। उनी ढुङ्गाबाट चिप्लिएर खसेको र मुर्छित अवस्थामा डुवेको देखेपछि परिवारका सदस्यहरूले तुरुन्तै प्रहरीलाई खबर गरे। प्रहरीले घटनास्थलबाट अर्जुनलाई बेहोस अवस्थामै उद्धार ग¥यो।

उपचारका लागि भरतपुरस्थित सरकारी अस्पतालमा पु¥याउँदा उनको ज्यान गई सकेको थियो। दुई दाजुभाइमध्ये जेठा छोरा अर्जुनलाई आफ्नै अगाडि गुमाउनु पर्दा टीकाराम विछिप्त छन्। परिवारमा वज्रपात परेको छ। सिउँदो पुछिएकी शर्मिला पछुतोमा छिन्। ‘आफु गएको भए अर्जुन अप्ठ्यारो ठाउँमा जाँदैन थिए होला’ भन्ने पछुतोले उनलाई भित्रभित्रै खाईरहेको छ।

छरछिमेकी र आफन्त परिवारलाई सान्त्वना दिईरहेका छन्। तर, अर्जुनको निधनले वृद्ध हुँदै गरेका वुबाआमा, श्रीमती र नाबालिका छोरीको विचल्ली भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट