‘प्रहरी मिलाउँछौँ’ भन्दै तस्करसँग पैसा उठाउने २ जना अटोरिक्सा चालक पक्राउ

काठमाडौँ– कैलालीस्थित भारतीय सीमा क्षेत्रमा गैरकानुनी रुपमा सामान ओसार–पसार गर्नेहरुसँग रकम असुल गरेको आरोपमा प्रहरीले दुई जना अटोरिक्सा चालकलाई पक्राउ गरेको छ।

‘प्रहरीलाई हामी मिलाउँछौं’ भन्दै रकम असुल गरेको आरोपमा धनगढी उपमहानगरपालीका–३ मिलनचोकका मनोज बहेडी (२५) र धनगढी–२ चौराहका करन बोहरा (३१) पक्राउ परेका हुन।

उनीहरुले गौरीफन्टा नाकाबाट आइरहेका गोदावरी नगरपालिका–२ अत्तरियाका लोकेन्द्र ओझा (२७) बाट शुक्रबार रकम लिएको प्रहरीको आरोप छ।

बहेडी र वोहराले ‘नेपालतिरकासुरक्षाकर्मीलाई पैसा दिनुपर्छ’ भनेर ओझासँग २ हजार भारतीय रूपैयाँ लिएको पाइएको छ। त्यो कुरा खुलेपछि दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म त्रिनगरले जनाएको छ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट