आफनो हत्या गर्न भारतीय सार्प सुटरलाई सुपारी दिईएको दुर्गा प्रसाईको दाबी

राजविराज– मेडिकल ब्यवसायी दुर्गा प्रसाईले नेपालका केही मारवाडी समुदायको ब्यक्तिले आफ्नो हत्या गर्न भारतीय सार्प सुटरलाई सुपारी दिएको दावी गरेका छन्।

देशका दलाल, भ्रष्ट तस्कर नेता, नक्कली नोटका कारोबारीको पर्दाफास गर्दा ठगी कर्म कर्मका थप विवरण सार्वजनिक हुने डरले आफुलाई मार्न खोजिएको उनको दावी छ।

सामाजिक सञ्जाल फेसवुकमा केही बेर अघि लामो स्ट्याटस लेख्दै प्रसाई विराटनगर निवासी दिपेन्द्र अग्रवाल, नेपाल बैंकर एशोसियसनका पुर्व अध्यक्ष पवन गोल्यान, विशाल ग्रुपका अनुज अग्रवाललगायतले भारतिय सुटर पप्पु यादव समुहलाई सुपारी दिएको खुलासा गरेका हुन। आफुलाई भरपर्दो श्रोतबाट सूचना आएको उनको दावी छ।

‘म यो देशका राष्ट्रप्रेमी नागरिकलाई चनाखो रहन आग्रह गर्दै नेपाल प्रहरी, आर्मी, नागरिक समाज, मानव अधिकारकर्मी सबैमा मेरो ज्यान खतरामा रहेको जानकारी गराउँदछु। कथमकदाचित मलाई केहि भैहाल्यो भने त्यसको जिम्मेवार माथी उल्लेखित व्यक्तिहरु हुने कुरा सार्वजनिक गरेको छु।’– उनले लेखेका छन्।

‘म देश र नागरिकको पक्षमा बोल्दा मारिदै छु सायद। म मरौंला केहि छैन, हिजो क्यान्सरले मार्न खोज्यो मरिन। अहिले क्यान्सर नै मार्न अस्पताल खोलेको छु, फेरी तिमी षडयन्त्रकारीले मार्न खोज्दैछौ। याद गर क्यान्सरले नसकेको मलाई तिमी धमिराहरुले पनी सकेनौ भने म कस्तो र कुन रुपको अस्पताल खोल्छु होला?’

अब आफु मरेर पनि फरक नपर्ने उनले वताएका छन्। ‘म मर्न सक्छु तर मर्दैन मेरो बिचार। किनकी अब दुर्गा व्यक्ती होईन बिचार हो। घरघरमा जन्मिएका छन दुर्गाहरु।’– उनले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट