सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, हिम्मत भए बचाउन चुनौती
काठमाडौँ– बलिउड अभिनेता सलमान खानलाई फेरि पनि ज्यान मार्ने धम्की आएको छ। लरेन्स बिश्नोई गिरोहबाट मुम्बईको ट्राफिक कन्ट्रोल रुममा यस्तो धम्कीको सन्देश आएको हो।
बिहीबार राति करिव १२ बजे ‘सलमान खान र लरेन्स बिश्नोई’का विषयमा गीत लेखिएको र त्यो गीत लेख्ने व्यक्तिलाई नछाड्ने धम्की दिइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार धम्कीमा लेखिएको छ– ‘एक महिनाभित्र गीत लेख्नेलाई मारिनेछ, गीत लेख्नेको अवस्था यस्तो हुनेछ कि उसले आफ्नो नाममा सी पनि लेख्न पाउने छैन। सलमानमा हिम्मत छ भने उसलाई बचाऊ।’
यस मामिलामा मुम्बईको वर्ली पुलीले एक अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ। जुन नम्बरबाट त्यस्तो धम्की आएको छ, त्यसको खोजीमा प्रहरी जुटेको छ। तर धम्कीमा त्यो कुन गीत हो र कसले लेखेको हो भन्ने विषयमा केही बताइएको छैन।
प्रतिक्रिया