मोरङमा ट्याक्टरबाट खसेर ६ वर्षीय बालकको मृत्यु
विराटनगर– मोरङको केराबारीमा ट्याक्टरबाट खसेर शुक्रबार दिउँसो ६ वर्षीय बालकको मृत्यु भएको छ।
केराबारी गाउँपालिका–९, बेलचौरीबाट भलुवातर्फ जाँदै गरेको को २ त १६७ नम्बरको ट्याक्टरबाट खसेर केराबारी–६ निवासी यमनाथ परियारका छोरा युनिकको मृत्यु भएको हो।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार ट्याक्टरबाट खसेर बालकको टाउको ब्याट्रीमा ठोक्किएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्याउनसाथ उनको मृत्यु भएको जोशीले बताए।
बालकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। ट्याक्टर चालक केराबारी–९ का यमन परियार (१८) पक्राउ परेका छन्।
प्रतिक्रिया