मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु
हेटौँडा — मकवानपुरको भीमफेदी–८, दोभानमा फास्टट्रयाक (द्रुतमार्ग)को बेस क्याम्पमा कार्यरत नेपाली सेनाका एक जना लेसनायकको करेन्ट लागेर मृत्यु भएको छ।
डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ घर भएका लेसनायक पदमबहादुर दियाल (२९)को मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्याम अर्यालका अनुसार सञ्चार उपकरणको पाइप गाड्ने क्रममा उनलाई करेन्ट लागेको हो।
हातमा बोकेको पाईपले हाइटेन्सन तारमा छुँदा करेन्ट लागेर उनको निधन भएको प्रहरीले जनाएको छ। उनलाई तत्काल सेनाको हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी लगिएको थियो। यद्यपी बचाउन नसकिएको प्रहरीको भनाई छ।
प्रतिक्रिया