मन्त्रिको विदेश भ्रमण टोलीमा मिसाएर मानव तस्करीः मन्त्रिको राजिनामा, ६ जना पक्राउ

विराटनगर– जापानमा आयोजित एक कार्यक्रममा सहभागि हुन गएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँग हङकङमा अवैध रुपमा मानिस ओसार–पसार गर्ने समूहका मानिस सामेल भएको विषय अहिले चर्चामा छ।

मन्त्री अधिकारीले नैतिक्ताको कुरा उठाउँदै मंगलबार राजिनामा दिएका छन् भने भ्रमण दलको सदस्य भन्दै हङकङबाट टोलीमा मिसिएका तीनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। खोटाङको ऐसेलुखर्क गाउँपालिका– २ का दावा शेर्पा (३६), खोटाङकै कोपिलासगढी गाउँपालिका– ४ का जनक राई (४१) र रसुवाको कालिका गाउँपालिका– ५ का कञ्चन देवकोटा (२२)लाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीका अनुसार उनीहरु १५ दिनको भिजिट भिसामा जापान गएका उनीहरु विमानस्थलबाट पक्राउ परेका हुन। मन्त्री अधिकारीको हङकङको ट्रान्जिट परेपछि ती ३ जना पनि त्यहीँबाट टोलीमा मिसिएका थिए। आफूहरु पनि भ्रमण दलमा रहेको भन्दै मन्त्रीसँग परिचय गर्न पुगेका उनीहरु मध्ये शेर्पासँग ऐसेलुखर्क गाउँपालिका सदस्य तथा जनक र कन्चनको साथबाट कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहायक पदको परिचयपत्र फेला परेको छ।

उनीहरुको बयानका आधारमा दोलखाको जिरी नगरपालिका– ९ का बीरबहादुर सुनुवार, नुवाकोट बिदुर नगरपालिका– ७ का जुगल रिजाल (२२) र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ का महेशविक्रम पाण्डे (३४) लाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मन्त्री अधिकारी टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुन जापान पुगेका थिए। मन्त्रीको जापान भ्रमण कोशी मन्त्रिपरिषद्बाट स्वीकृत भएको थिएन। मन्त्रिपरिषदबाट स्विकृति नै नलिई उनी २७ अक्टोबरमा जापानका लागि काठमाडौँबाट उडेका थिए। मन्त्रीको हैसियतमा एक्लै जाने र सम्पूर्ण खर्च आयोजकले ब्यहोर्ने जानकारी व्यवस्थापकले गराए पनि गैरकानुनी रुपमा तीन जनालाई जापान पु¥याउन लागेको थाहा पाएपछि आफु कार्यक्रममा सहभागि नभई फर्किएको मन्त्रि अधिकारीले बताएका छन्।

मानिस ओसारपसार गर्ने गिरोहले फसाउन खोजेको भन्दै मन्त्री अधिकारीले पदबाट राजीनामा दिएको घोषणा गरे। गैर कानुनी रुपमा मन्त्रिको भ्रमण टोलीमा सहभागि गराई मानव–ओसार पसारमा संलग्न रहेको गिरोह भने फरार रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट