१० दिनसम्म पनि भेटिएन बडायक दम्पतीको हत्याको सुराक, कस्ले लग्यो घट्नामा प्रयोग भएको हतियार ?

काठमाडौँ– कञ्चनपुरको लालझाडी गाउँपालिका–१, बिनबारीका बडायक दम्पत्तिको हत्या भएको १० दिन वितिसक्दा समेत हत्यारा समाउन प्रहरी असफल भएको छ। प्रहरीले अहिलेसम्म हत्या कुन कारणले भयो भन्ने सुराकसमेत भेटेको छैन।

बिनबारीक रामेश्वर भनिने रमेश बडायक (४६) र उनकी श्रीमती कमला (४३) सुख्खडमा उनीहरुले सञ्चालन गरेको नास्ता (मदिरा र मासु) पसलमा ९ कात्तिकको विहान मृत अवस्थामा फेला परेका थिए। कमलाको शव खाटमुनि र रमेशको शव खाटमै फेला परेको थियो।

करिव दुई किलोमिटरको दुरीमा घर भएपनि उनीहरुको बसाई पसलमै हुन्थ्यो। घरमा बुवा साधुसिंह बडायक, दाजु– भाइ, छोरा–भतिजा लगायत परिवारका सबै सदस्य बस्छन्। घटना भएको दिन बडायकका जेठो छोरा निरज राती साढे ८ वजेसम्म पसलमै थिए। उनी घर फर्केपछि राति साढे ९ बजेतिर अर्कै गाउँका एक ब्यक्तिसँग रमेशको फोनमा कुरा भएको देखिएको छ।

त्यसको भोलिपल्ट विहानै दुवै जना मृत अवस्थामा फेला परे। दुवैको अनुहार र टाउकोमा चोट लागेको तथा पोष्टमर्टम रिपोर्टमा पनि चोटकै कारण मृत्यु भएको खुलेका आधारमा उनीहरुको हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले घट्नाको अनुसन्धान गरिररहेको छ।

यद्यपि घटनाबारे प्रहरीले अहिलेसम्म गाउँलेलाई कुनै पनि सकारात्मक सुचना दिन सकेको छैन। हत्यामा प्रयोग गरिएका हतियार समेत फेला परेका छैनन्। अनुसन्धानको क्रममा २ सय जनाभन्दा वढिसँग सोधपुछ गरिएको छ। शंकास्पद व्यक्ति र मृतकको कल डिटेल विश्लेषण गर्ने काम भइरहेको छ। घट्नाको प्राविधिक पक्षको विश्लेषणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को समेत सहयोग मागिएको छ।

तर, समुदायबाट हत्यासँग सम्बन्धित सूचना जुटाउन समस्या भइरहेको कञ्चनपुर प्रहरीका प्रमुख (डीएसपी) चक्रराज जोशीले बताए। उनका अनुसार घटना भएको अघिल्लो दिन उनीहरुले बैँकबाट २ लाख ४३ हजार रुपैयाँ झिकेका थिए। ‘घटनाको कारण सोही पैसा होकी ?’ भन्ने आशंका गरिएको थियो। तर पैसा घरमै फेला परेपछि प्रहरीको अनुशन्धानको बाटो नै अलमलिएको छ।

अहिले प्रहरीले व्यक्तिगत रिसइबी, लेनदेन तथा पारिवारिक विवाद जस्ता विषयमा केन्द्रित भएर अनुसन्धान अघि बढाएको छ। ‘हेर्दाखेरी रिसिइबीजस्तो देखिन्छ, तर अहिलेसम्म क्लु भेटिएको छैन’– अनुसन्धान अधिकृतसमेत रहेका डीएसपी जोशीले भने।

प्रहरीका अनुसार घटनास्थल एकान्त ठाउँमा छ। घटना भएको घरबाट अन्य घर भेट्न करिव २ सय मिटर हिड्नुपर्छ। त्यतिनै टाढा सामुदायीक वनको कार्यालय पनि छ। यस्तो सुनसान ठाउँमा आएर कसले र किन हत्या ग¥यो भन्ने बारे ठोस तथ्य फेला परेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट