सर्लाहीमा निर्माणाधीन घरको पर्खाल भत्किएर १ मजदुरको मृत्यु, १ जना घाईते

जनकपुर– सर्लाहीको बरहथवा नगरपालिका–७ मा निर्माणाधीन घरको पर्खाल भत्किएर एक मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

राजनारायण साहले बनाउँदै गरेको नयाँ घरको पर्खाल भत्किएर च्यापिँदा निर्माण मजदुर बसवरिया गाउँपालिका–३, बगलवाका रविन माझी (१७) को मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गौतम खड्काका अनुसार पर्खालले च्यापिएर घाइते माझीको बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा परेर बरवरिया गाउँपालिका–३, क्याम्प चोकका विकास महतो (१९) घाइते भएका छन्। उनको बरहथवास्थित ह्याप्पी अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट