‘द हङकङ सिक्सेस’: अष्ट्रेलियामाथि नेपालको शानदार जित, श्रीलंकासँग आजै क्वार्टरफाइनल

काठमाडौँ– हङकङमा जारी ‘द हङकङ सिक्सेस’को दोस्रो खेलमा नेपालले अष्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया पाँच विकेटको क्षतिमा १ सय रनमा समेटियो। उसका लागि ज्याक उडले अविजित रहँदै १२ बल ५० रन बनाए। नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाएर १११ रन बनाएको थियो। नेपालका लागि सन्दीप जोराले १६ बलमा ५१ रन तथा लोकेश बमले १३ बलमा ३३ रन बनाए।

अस्ट्रेलियाका ज्याक हुडले २ विकेट लिए।

पहिलो खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो। जितसँगै क्वार्टरफाइनल प्रवेश गरेको नेपालले आजै दिउँसो साढे १ बजे श्रीलंकासँग खेल्दैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट