टिपर दुर्घट्नामा चालकसहित २ भारतीय मजदुरको ज्यान गयो, २ जना गम्भिर घाईते

विराटनगर– संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा २ जना भारतीय मजदुरको मृत्यु भएको छ। अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत मजदुरको मृत्यु भएको हो।

संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार बुधबार बेलुका करिव ७ बजे परियोजनाको काममा लगाइएको एचपी ११–४९३३ नम्बरको टिपर ड्याम साइडमा काम गरेर फर्किने क्रममा आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

सडकबाट करिब ५० मिटर तल खसेको टिपर दुर्घटनामा चालक भारतीय नागरिक शैलेन्द्रप्रताप सिंह (५७) र टिपरमा सवार सारुक मोहमद (२९) को मृत्यु भएको डीएसपी बस्नेतले जानकारी दिए। घाईते अवस्थामा उद्धार गरिएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो।

उपचारकै क्रमभमा बिहीबार बिहान करिब पौने ४ बजे दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर परियोजनाकै मजदुर भारतको उत्तर प्रदेशका योगेन्द्र पाल (२८) र विहारका ईश्वर पासवान (४०) घाइते भएका छन्। गम्भिर घाईते पासवानको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ।

प्रहरीका अनुसार कच्ची सडक र खाल्डाखुल्डीका कारण दुर्घटना भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट