मुसलधारे वर्षापछि स्पेनको पूर्वी प्रान्त वाढी र पहिरोले तहसनहस, ९५ जनाको मृत्यु
काठमाडौँ– स्पेनमा मुसलधारे वर्षापछिबो वाढी र पहिरोले तहसनहस पारेको छ। बाढी र पहिरोमा परी ९५ जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु बेपत्ता छन्।
मंगलबार स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस आसपासका क्षेत्रमा वर्षापछि बाढीपहिरो सुरु भएको थियो। भ्यालेन्सियामा मात्रै ९२ जनाले ज्यान गुमाएका छन्। भ्यालेन्सियाको पश्चिमी तटीय क्षेत्रमा ७ वर्षीय ब्रिटिश नागरिकसहित अरु तीन जना पनि मृत फेला परेका छन्।
पुल, भवन लगायतका भौतिक संरचनामा क्षति पुगेको छ भने बस्तीहरु डुबानमा परेका छन्। मानिसहरु ज्यान जोगाउन घरका छत र रुखमा चढेर वसेका छन्। सरकारले खोज तथा उद्धारलाई तिव्र पारेको छ। मृतक र वेपत्तको संख्या अझै बढ्न सक्ने अनुमान छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन्।
प्रतिक्रिया