‘गृह मैदान’मै नेपालले यसरी गुमायो साफ वुमन्स च्याम्पियनसिपको उपाधि, यी हुन हारका ४ कारण

काठमाडौँ— साफ वुमन्स च्याम्पियनसिपको सातौं संस्करणको फाइनलमा नेपाल आफनै ‘गृह मैदान’ दशरथ रंगशालामा पराजित भयो। नेपाल, साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पुगेर पराजित भएको यो छैठौं पटक हो।

बुधबार भएको फाईनलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशले २–१ ले नेपाललाई पराजित गर्यो। तर, यस पटकको हारमा खेलाडीको मात्र नभई टीम ब्यवस्थापनको रणनीति पनि कारण देखियो। नेपालले तयार पारेका योजना पूर्णतः अससmल सावित भयो।

१. आक्रमणमा साम्बा एक्लै
प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा भण्डारी (साम्बा) लाई आक्रमणको एक्लो जिम्मा दिएका थिए। उनलाई पछाडिबाट सहयोग भएन। बंगलादेशी डिफेन्सले उनलाई कडा निगरानीमा राखे। जसका कारण उनी चल्नसक्ने अवस्था रहेन।

२. प्रमुख २ खेलाडी घाईते
प्रमुख २ खेलाडी हिराकुमारी भुजेल र दीपा शाही चोटका कारण खेल्न नसक्नु पनि नेपाल हार्नुको एउटा कारण बन्यो। शुक्रबार भएको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिँदा हिरा र दीपा घाईते भएका थिए। उनीहरु दुवैलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो। डिफेण्डर हिरा पहिलो हाफमै र्घाते भएर एम्बुलेन्समा राखेर हस्पिटल लानु परेको थियो भने दोस्रो हाफको सुरुवातमै मैदान प्रवेश गरेकी दीपा पनि घाईते भएकी थिईन।

३. रेखा पौडेलले रेड कार्ड पाउनु
भारतविरुद्धको सेमिफाइनलमा दोहोरो पहेंलो कार्डमा रेखा पौडेललाई गुमाउनु पनि अर्को ठूलो घाटा भयो। मैदानमा आक्रामक देखिने, रिस राखेर खेल्ने र डरलाग्दा ट्याकल गर्न पछाडि नपर्ने बानीका कारण रेखाले रातो कार्ड पाईन। यसले उनलाई व्यक्तिगत रूपमा घाटा त भयो नै टिमलाई नै ठुलो क्षति भयो। उनको स्थानमा सरु लिम्बुलाई खेलाइएको थियो। तर, उनले अगाडि बढेर खेल्न नसक्दा साम्बा एक्लो परिन। त्यहाँ रेखाको अनुपस्थिति खड्कियो।

४. अमिशा कार्कीलाई रिप्लेस
बंगलादेश विरुद्ध ५६औं मिनेटमा गोल गरेकी अमिशा कार्कीलाई पूरा समय खेल्न नदिनु नेपाली टिमको गम्भीर भूल सावित भयो। अमिशा बेञ्चमा फर्कंदा निराश देखिएकी थिइन। आफूले गरेको गोलपछि उत्साहित उनको योगदान नेपालले पाउन सकेन। नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पनि अमिशालाई रिप्लेस गर्नु गल्ती भएको स्वीकार गरेका छन्।

यी सवै कमजोरीको फाईदा उठाएर बंगलादेशले नेपाललाई २–१ ले पराजित गर्यो। नेपाल उपविजेतामै सिमित भयो। नेपालाई पराजित गर्न बंगलादेशले ५२औं मिनेटमा पहिलो गोल गर्यो। अमिशाले ५६औं मिनेटमा बराबरी गोल फर्काईन।

खेल १–१ को बराबरीमा रहेको अवस्थामा ७७औं मिनेटमा प्रशिक्षक तामाङले अमिशालाई बाहिर निकाले। उनको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरिन्। तर नेपालले ८१औं मिनेटमा अर्को गोल खायो। त्यही गोलमा बंगलादेशले उपाधि उचाल्यो।


प्रतिक्रिया

One thought on “‘गृह मैदान’मै नेपालले यसरी गुमायो साफ वुमन्स च्याम्पियनसिपको उपाधि, यी हुन हारका ४ कारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट