रवि लामिछानेको बयान आज पनि, अहिलेसम्मको बयानमा के देखियो ?

काठमाडौँ– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको वयान आज सक्ने तयारी गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा उनको बयान लिन थालिएको छ।

मंगलबार बयान पुरा नभएपछि आज सक्नेगरी बयान लिन थालिएको एक अनुशन्धान अधिकृतले बताए। १२ कार्तिकमा अनुसन्धान अधिकृत र सरकारी वकिलले लामिछानेसँग साढे ८ घण्टा बयान लिएका थिए। त्यसैको निरन्तरता अनुरुप आज पनि बयान भईरहेको बताईएको छ।

रास्वपाका सभापतिसमेत रहेका लामिछानेसँग अहिलेसम्मको बयानमा पोखरा महानगरपालिका–५ मा रहेको सुर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन्। सुर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको भन्दै उनले आरोप अस्विकार गरेका हुन।

२ कार्तिकमा वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई सोही राती कास्की लगिएको थियो। सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट