परराष्ट्र सचिव सेवालाई संसदीय सुनुवाई समितिको मेवाः बेल्जियमको राजदूतमा अनुमोदन

काठमाडौँ– परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्। बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वसम्मतिले लम्साललाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो।

समितिले अनुमोदन गर्नुअघि कांग्रेस सांसद ज्ञानबहादुर ‘कार्कीले देशको हितमा काम गर्न सक्नुहुन्छ?’ भन्दै उनलाई प्रश्न सोधेका थिए। त्यसको जवाफमा लम्सालले भनिन्,‘मसँग भूराजनीतिमा काम गरेको अनुभव छ। देशको लागि मिल्ने कुरा गरेर देखाउँछु।’

उनलाई मन्त्रिपरिषदको बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गर्ने÷नगर्ने विषयमा सुनुवाई गरेको थियो। १३ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राजदुतमा सिफारिस गरेको थियो।

उनीविरूद्ध इसरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्। पाकिस्तानमा राजदूत रहिसकेकी लम्साल ब्रसेल्सस्थित राष्ट्रसंघीय नियोग तथा इयुका लागि पनि राजदूतको जिम्मेवारीमा रहनेछिन्। यसअघिका सचिव भरतराज पौडेललाई भने क्यानाडा पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट