राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३० घाइते
काठमाडौँ– भारतको राजस्थान राज्यमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन्। घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तरपश्चिममा रहेको सिकर जिल्लास्थित लक्ष्मणगढमा मंगलबार दुर्घटना भएको हो। प्रहरीका अनुसार यात्रुले भरिएको निजी बस कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको हो। बस, सालासरबाट नवलगढ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
वरिष्ठ प्रहरी अधिकारी सत्येन्द्र चौधरीले घाइते केहीलाई जयपुरमा रिफर गरिएको र बाँकीको एसके अस्पताल सीकरमा उपचार भइरहेको बताए। दुर्घटना लगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि उद्धार टोली र एम्बुलेन्स घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पु¥याएका थिए।
दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ। भारतमा सडक दुर्घटना सामान्य भएका छन्। खराब सडक अवस्था र चालकको लापरवाहीका कारण दुर्घटना हुन्छ।