कञ्चनपुरमा बडायक दम्पत्तिको विभत्स हत्या, बैंकबाट निकालेको साढे २ लाख जस्ताको त्यस्तै

काठमाडौँ– कञ्चनपुरको लालझाडी गाउँपालिका–१, विनवारीमा रमेश बडायक (४६) र उनकी पत्नी कमला बडायक (४३) को हत्या भएको छ। शुक्रबार विहान उनीहरु घरमै रगताम्मे अवस्थामा मृत भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रहार गरी उनीहरुको हत्या भएको हुन सक्ने देखिएको छ। रमेशको शव आँगनमा र कमलाको शव नजिकै बरण्डाको ओछ्यानमा भेटिएको थियो।

उनीहरुको टाउकोमा चोट छ। धारिलो हतियार प्रयोग गरेर हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। प्रहरीले घटना अनुशन्धानका लागि डग स्नेफिङ (तालिमप्राप्त कुकुर परिचालन) गरेको छ।

हतियार फाल्ने सम्भावित ठाउँमा पनि ‘कम्बिङ अप्रेसन’ चलाएको छ। स्थानीयका अनुसार मृतक दम्पतीले बिनवारीमा एक्लै बस्दै आएका थिए। दुई छोरा र एक छोरी गाउँको अर्को घरमा बस्ने गरेका थिए। उनीहरु बस्ने घरमा भने मदिरासहितको नास्ता पसल चलाउँथे।

जानकारी अनुसार उनीहरुले बिहीबार बैंकबाट २ लाख ४३ हजार रुपैयाँ निकालेका थिए। तर, त्यो पैसा घरमै भेटिएको छ। पैसा जस्ताको त्यस्तै भेटिएकाले लुटपाटका लागि हत्या नभएको अनुमान प्रहरीको छ। तर, सवै सम्भावनालाई मध्येनजर गरी अनुशन्धान भईरहेको डीएसपी जोशीले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट