धनराज गुरुङकी पूर्वपत्नि ज्योतिविरुद्ध १९५ देशका प्रहरी परिचालन गर्न सीआईबीको पत्राचार

काठमाडौंँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नि ज्योति गुरुङलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी गराउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा फरार रहेका ज्योति गुरुङ र ऋणी ज्योतिबहादुर भण्डारीको खोजीका लागि इन्टरपोलको सहयोग लिन लागिएको हो।

मितेरी सहकारी ठगीबारे अनुसन्धान गरिरहेको (सीआईबी) ले गुरुङ र भण्डारी विदेशमा भएको आशंकासहित इन्टरपोलमा रेड नोटिस जारी गर्न सिफारिस गरेको हो। सीआईबीको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) ले रेड नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र लेखेको छ।

ब्यूरोका एसपी होविन्द्र बोगटीका अनुसार, इन्टरपोलबाट नोटिस जारी भए १९५ देशका सुरक्षा निकायले उनीहरुको खोजी गर्नेछन्।

सहकारी प्रकरण वाहिर आएपछि धनराज र ज्योतिले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ। सम्बन्धविच्छेद भएपछि पनि उनीहरु सँगै बस्ने गरेको आरोप लाग्ने गरेको छ भने धनराजले नै ज्योतिको नाममा सहकारीमा ऋण तिरेको पाइएको छ। अर्का आरोपी भण्डारी भने सहकारीका सदस्य नभएपछि उनका नाममा ऋण प्रवाह भएको भेटिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट