क्रिप्टो कारोबारीसँग घुस खाएको २२ लाख पचाउन नसकेर छानविनमा तानिए एसपी कार्की

काठमाडौँ– जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मेवारी खोसेर प्रहरी हेडक्वाटर तानिएका एसपी नवराज कार्कीले क्रिप्टो कारोवारीसँग लिएको २२ लाख रुपैयाँ पचाउन नसकेर फिर्ता गरेको खुलासा भएको छ।

२ फागुन ०८० मा जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मेवारीमा आएका कार्कीलाई प्रहरी प्रधान कार्यालयले एक साताअघि फिर्ता बोलाएर एसपी नारायणप्रसाद चिमरियालाई मोरङ पठाएको छ। पक्राउ नगर्ने र मुद्दा नचलाउने शर्तमा कार्कीले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग २२ लाख रुपैयाँ लिएको आरोप छ।

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराईले उक्त रकम कारोबारीसँग लिएर कार्कीलाई हस्तान्तरण गरेका थिए। इन्स्पेक्टर भट्टराईले आफूले रकम लिएर एसपी कार्कीलाई बुझाएको बयान दिएका छन्।

क्रिप्टो कारोबार गर्नेसँग लिएको रकम एसपी कार्कीले उदयपुर स्थित घरमा लगेर राखेको अनुसन्धानमा संलग्न अधिकृतले वताए। यो सूचना चुहिएपछि कोशी प्रदेश प्रहरी कार्यालयले एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा समिति गठन गरी छानविन गरिरहेको छ।

त्यसपछि घट्नाका विषयमा नवोल्ने सर्तमा कार्कीले एक जना बिचौलियालाई ३ लाख रुपैयाँ दिएको भेटिएको छ। प्रहरी स्रोतका अनुसार छानबिन समितिले सो रकम बरामद गरिसकेको छ। छानविन प्रकृया अघि वढेको र आफु फस्ने खतरा देखेपछि एसपी कार्कीले घरबाट फिर्ता ल्याएर बाँकी रहेको पैसा पनि कारोवारीलाई फिर्ता गरेको अनुशन्धानमा खुलेको छ।

अनुशन्धानका क्रममा इन्स्पेक्टर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलाबारीमा कार्यरत हवल्दार खगेन्द्र राउत पनि छानविनमा तानिएका छन्। उनीहरुलाई प्रदेश प्रहरी कार्यालयमा तानेर निगरानीमा राखिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी चन्द्र कुबेर खापुङले घटना छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा समिति गठन गरिएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट