सिरहामा गर्लफ्रेन्ड भेट्न नदिएपछि कैचीले रोपेर साथीको हत्या, ५ जनाको समुह नै पक्राउ

लहान– सिरहाको गाोलबजार नगरपालिका–१३, दुर्गापुरका कृष्णकुमार महरा (२०) को हत्या लागू औषध प्रयोगकर्ताको ५ जनाको समुह मिलेर गरेको खुलासा भएको छ। प्रहरीले पाँचै जनालाई पक्राउ गरेको छ।

गोलबजारा–१३, डंग्राहाका सन्तोषकुमार महरा (२७), रोहितकुमार महरा (२८), धर्मेन्द्र महरा (२१), धिरजकुमार राम (१९) र मोहमद जमसेद (२०) लाई प्रहरीले कृष्णको हत्या आरोपमा पक्राउ गरेको हो। पाँचै जना कृष्णका साथी हुन।

कृष्णकुमारको शव २८ असोजको साँझ सुखीपुर नगरपालिका–१० ललसैया दुर्गा मन्दिरदेखि पूर्व गागन खोला बगरमा भेटीएको थियो। कम्मरभन्दा माथिको भाग बालुवाले पुरीएको अवस्थामा मृत फेला परेका कृष्णको हत्या भएको आशंकामा प्रहरीले अनुशन्धान अघि वढाएको थियो।

सिरहाका डीएसपी विरेन्द्रकुमार पासवानका अनुसार २७ असोजको राती कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेला हेर्न गएका थिए। अन्य ४ जना साथी मेलामै भेटिएका हुन।

उनीहरु सबैले लागुपदार्थ सेवन गर्ने योजना बनाउँदै मेला स्थलभन्दा पूर्वतिरको खोलानजिक पुगेर गाँजा र लागुऔषध नाइट्रोभेट ट्याबलेट सेवन गरे। त्यसै क्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना सुनाए। उनीसँगै रहेका उनका अरू साथीहरूले पनि ती महिलासँग भेट्ने बताएपछि विवाद भयो।

विवाद बढ्दै गएपछि पाँचै जनाले कृष्णलाई चारैतिरबाट घेरा हालेर कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको डिएसपी पासवानले जानकारी दिए। घटना लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले पुरेर फरार भएको खुलेको छ।

आरोपीलाई २ कात्तिकको राती पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट