आफ्नै कारणले अस्पताल वस्न नपाएका लामिछानेलाई प्रहरीले हिरासत रुँघ्ने गार्ड कोठामा सुतायो

काठमाडौँ– सहकारी ठगी तथा संगठित अपराध प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने पोखरा पुगेपछि त्यहाँको अवस्था तनावग्रस्त छ। रास्वपाका समर्थक र सहकारी पीडित दुवै पक्षले प्रदर्शन गर्दा पोखराको अवस्था अस्तब्यस्त छ।

झडप हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपनि त्यसको कार्यान्वयन भएको छैन। रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्रमै प्रदर्शन गरिरहेका छन्। यही क्रममा आईतबार प्रहरीसँग केहीवेर धेकलाधकेल भयो भने स्थिती नियन्त्रण वाहिर जान लागेपछि प्रहरीले पानीको फोहरा र अश्रु ग्याँस प्रहार गर्नु पर्ने अवस्था आयो।

आईतबारै रविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले सहकारी ठगी र संगठित अपराधको अनुशन्धान गर्न ६ दिनको समय पाएको छ। त्यतिन्जेल लामिछाने प्रहरीको हिरासतमै वस्नेछन्। अन्य नेता र भीआईपीलाई झै उनलाई अस्पताल वस्ने छुट छैन। प्रहरी हिरासतमा वस्नु पर्ने ब्यक्ति अस्पताल भर्ना हुने गरेको विषयका उनी आलोचक हुन। यतिमात्रै होईन, उनले त आफु गृहमन्त्री हुँदा त्यस्ता ब्यक्तिले अस्पताल वस्न नपाउने गरी कानुन नै बनाउन लागेका थिए।

त्यसैले नैतिकक्ताका आधारमा पनि उनीले प्रहरी हिरासतमै ६ दिन र रात विताउनु पर्ने बाध्यता छ। कास्की प्रहरीले उनलाई हिरासत रुँघ्ने गार्डको कोठामा राखेको छ। हिरासत रहेको भवनको माथिल्लो तलामा रहेको गार्ड सुत्ने कोठामा बस्ने व्यवस्था मिलाइएको प्रहरी स्रोतले जनाएको छ।

उनका पूर्व व्यवसायीक पार्टनर एवम् पूर्वडीआईजी छविलाल जोशीलाई तल्लो तल्लाको गार्ड सुत्ने कोठामा राखिएको थियो। छविलाललाई सुरुमा अरु थुनुवाहरुसँगै राखिएको थियो। रास्वपाका पूर्व केन्द्रीय सदस्य ढाकाराम श्रेष्ठ पनि उनीसँगै थिए।

तर, छविलालले चिसोका कारण आफ्नो स्वास्थ्यमा समस्या आएको बताएर अस्पताल बस्न पाउनुपर्ने माग गरे। त्यसपछि उनलाई गार्डको कोठामा बस्ने व्यवस्था मिलाइएको हो। खाना भने उनले प्राय मेसकै खाने गरेका थिए।

कास्की प्रहरीका ५ वटा हिरासत कक्ष छन्। माथिल्लो तला र तल्लो तल्लामा थुनुवा रुग्ने गार्ड सुत्नका लागि बेग्लै कोठा छ। दुवै कोठामा सामान्य खाट र ओछ्यान छन्। तर, सुत्ने खाटबाहेक अन्य सुविधाहरु भने छैनन्। गार्ड र सबै थुनुवाका लागि शौचालय एउटै छ। थुनामा रहेको कुनै पनि कैदी शौचालय जानुपर्दा बाहेक आफूलाई राखिएको कोठाबाट निस्किन पाउँदैनन्।

प्रहरीले लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट