भाटभटेनीका मालिकसँग जग्गा लिने निर्णयको विरोध गर्ने नेतालाई एमालेको स्पष्टिकरण

काठमाडौँ– पार्टी कार्यालय भवन निर्माण गर्न भाटभटेनीका मालिक मीनबहादुर गुरूङबाट जग्गा दान लिएको विषयमा विमती राख्ने नेतालाई कारवाही गर्न नेकपा एमालेले प्रकृया सुरु गरेको छ। कारवाहीको प्रकृया अन्तर्गत आईतबार तीन जना नेतालाई स्पष्टिकरण सोधिएको छ।

आइतबार बसेको पार्टी सचिवालयको बैठकले भवन निर्माणका विषयमा असहमति राख्ने पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

पार्टी महासचिव शंकर पोखरेलका अनुसार रावल, पाण्डे र तिम्सिनाले पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोध्ने निर्णय भएको हो। स्थायी कमिटी सदस्य पाण्डेले ‘पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो’ भन्दै आलोचना गरेकी थिईन।

‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला। तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ। समय घर्की सकेको छैन। मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गÞलत निर्णय सच्याउनैपर्छ। समयमै सोचौं।’– उनले भनेकी थिईन।

केन्द्रीय सदस्य तिम्सिनाले व्यापारीले बनाइदिएको महलभन्दा आफ्नै पसिनाले सिञ्चित भवन प्यारो हुने भन्दै मदन नगरको पक्ष लिएकी थिईन। उनले भनेकी थिइन– ‘हामीलाई कुनै व्यापारीले बनाइदिएको ठूलो महलभन्दा मदननगरमा जति मिल्छ त्यति नै आफ्नो पसिनाले सञ्चिएको भवन प्यारो र गर्विलो हुनेछ। म नेतृत्वसमक्ष निवेदन गर्न चाहन्छु यो निर्णय फिर्ता लिइयोस्। हामीलाई बाँचुञ्जेल एमाले भएर स्वाभिमानकासाथ उभिने भूमि बाँकी राखिदिनुहोस्।’

भीम रावलले भने यो मात्रै होईन, अन्य अनेक प्रकरणमा पार्टी नेतृत्व पंक्तिको आलोचना गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट