पूर्वसैनिकको घरमा वम विष्फोट, घाईते पूर्वसैनिक उपचारपछि पक्राउ

काठमाडौंँ– स्याङ्जाको चापाकोट नगरपालिका–४ पुरीगाउँका पूर्वसैनिक गोविन्द पुरीको घरमा सकेट बम बिस्फोट भएको छ। पूर्वसैनिक ४५ वर्षीय पुरी घाइते भएका छन्।

२ वर्षअघि नेपाली सेनाबाट अवकाश पाएका पुरीको दोस्रो तलामा पुराना भाडावर्तनहरु फाल्ने क्रममा अचानक सकेट बम बिस्फोट भएको जनाईएको छ। वम विस्फोट हुँदा उनको बायाँ आँखा भन्दामुनि, बाँया खुट्टा र शरीरका केही भागमा चोट लागेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरिप्रसाद पौडेलका अनुसार उपचारपछि पुरीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोली र सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजल टोली घटनास्थलमा खटिई गई केही बिस्फोटक पदार्थ बरामद गरेको छ।

प्रहरीले घट्नाको थप अनुशन्धान गरिरहेको डीएसपी पौडेलले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट