आफनै घरको तीन तलामाथिबाट हामफालेर एक युवाले ज्यान फाले

दमक– झापाको दमकमा घरको छतबाट हामफालेर एक जनाको मृत्यु भएको छ। दमक नगरपालिका–१ का २७ वर्षीय अर्बिन लिम्बुले आफ्नै घरको तेस्रो तलाबाट हामफालेर ज्यान फालेका हुन।

आईतबार मध्यान्ह करिव १२ बजे घरको छतबाट हाम फालेका लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। डीएसपी कृष्ण चन्दका अनुसार लिम्बु मानसिक रोगबाट ग्रसित थिए।

उनको शवलाई पोष्टमार्टमका लागि दमकअस्पताल लगिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट