सप्तरीमा एक जना वडाध्यक्षको हर्टएट्याक भएर मृत्यु

राजविराज — सप्तरीको डाकनेश्वरी नगरपालिका–१ का वडाध्यक्ष ६० वर्षीय पृतमलाल चौधरीको आइतबार हर्टएट्याक (हृदयघात) भएर मृत्यु भएको छ।

डाकनेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले वडाध्यक्ष चौधरीको मृत्यु भएको जानकारी दिए। गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित चौधरीको मृत्युपछि डाकनेश्वरी नगरपालिकाले आइतबार नगरपालिका र मातहतका निकायमा शोक बिदा दिएको छ।

यसअघि डाकनेश्वरी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद रायको गत वर्ष मृत्यु भएको थियो। वडा नम्बर २ का वडाध्यक्ष रहमान मियाँ सामाजिक सुरक्षा भत्ता अपचलन गरेको आरोपमा अहिले कारागारमा छन्।

यो नगरपालिकामा कुल १० वडा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट