एउटा विरामीको रिपोर्ट हेरेर अर्को विरामीलाई औषधी सिफारिस गरेपछि इनरुवा अस्पतालका मेसुले कुटाई खाए

इटहरी– सुनसरीको इनरुवास्थित जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि हातपात भएको छ।

इनरुवा नगरपालिका–६ का खेमराज थापाले शनिवार साँझ मेसु राईमाथि हातपात गरेका हुन्। आफ्नी आमाको उपचारका लागि अस्पताल गएका थापाले चिकित्सकले गम्भीर लापरबाही गरेको भन्दै मेसु राईमाथि हातपात गरेका हुन।

थापाकी आमाको उपचारका क्रममा किड्नी फेल भएका अर्का बिरामीको ब्लड रिपोर्ट हेरेर त्यसका आधारमा औषधी सिफारिस गरेको पाईएपछि हातापात भएको जनाईएको छ। उक्त रिपोर्ट अर्को चिकित्सकलाई देखाउँदा गम्भीर त्रुटि भेटिएको थापाले वताएका छन्।

बिरामीको नाम र रिपोर्ट राम्ररी नहेरी गलत औषधी सिफारिस गरेर बिरामीको स्वास्थ्यमा गम्भीर लापरबाही गरेकाले आक्रोशमा आएर मेसु राईमाथि हातपात भएको थापाले प्रहरीलाई बताएका छन्।

डाक्टरमाथि हातपात गर्ने थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट