तपाईँको आजको भाग्य – राशिफल
४ कार्तिक २०८१, आइतवार
मेष – अनावश्यक धन खर्च हुनेछ। इष्टमित्र सँग भेटघाट हुनेछ। खुसिको खबर सुन्न पाइनेछ।
बृष – शरीरमा आरोग्य छाउनेछ। मिष्ठान्न भोजनको योग रहेको छ। शत्रु वृद्धि हुनेछन्।
मिथुन – शरीर रुग्ण हुनेछ। आर्थिक क्षेत्रमा हानि हुनेछ। िवद्यामा रुचि बढ्नेछ।
कर्कट – धन प्राप्तिको योग रहेको छ। सामाजिक कार्यमा मन जानेछ। चोरको भय हुनेछ।
सिंह – कार्य क्षेत्रमा सम्मान मिल्नेछ। मन प्रसन्न रहनेछ खानपानमा ध्यान दिनुहोला।
कन्या – शरीरमा पीडा हुनेछ। गलत कार्यको दण्ड भोग्नुपर्नेछ। खराव संगतबाट जोगिनु होला।
तुला – दुखद खबर सुन्नुपर्नेछ। मन अस्थिर हुनेछ। धन प्राप्तिको योग रहेको छ।
वृश्चिक – धार्मिक क्षेत्रको भ्रमणको योग रहेको छ। आकस्मिक धन प्राप्ति हुनेछ। पेटको समस्याले सताउने छ।
धनु – शत्रु नाश हुनेछन्। सकरात्मक उर्जा मिल्नेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।
मकर – मानसम्मान मिल्नेछ। यश प्राप्ति हुनेछ। शरीर भने आलस्य हुनेछ।
कुम्भ – ढाड दुख्ने समस्या हुनेछ। कार्यमा अवरोध देखापर्नेछ। विद्या प्राप्ति योग रहेको छ।
मीन – कार्य सिद्धि हुनेछ। लक्ष्मी प्राप्तिको योग रहेको छ। आफन्तसंग मनमुटाव सिर्जना हुने देखिन्छ।