बेलबारीमा खाना पकाउँदै गरेको प्रेसर कुकर पड्किएर महिला घाइते

विराटनगर– मोरङको बेलबारीमा खाना पकाउँदै गरेको प्रेसर कुकुर पड्किएर एक महिला घाईते भएकी छिन्।

बेलबारी नगरपालिका–६ सोमबारेमा शनिबार बिहान प्रेसर कुकर पड्किएको हो। घटनामा ३८ वर्षीया सविना मगर घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खाना पकाउने क्रममा बिहान पौने ९ बजे एक्कासि प्रेसर कुकर पड्किएको थियो।

घाईते मगरलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट