अर्काकी श्रीमतीलाई मोटरसाईकलमा चढाउँदा २० वर्षीय युवकको ओछ्यानमै हत्या

काठमाडौँ– नवलपरासी पश्चिममा अर्काकी श्रीमतीलाई मोटरसाईकलमा चढाउँदा एक युवकको हत्या भएको घट्ना सार्वजनिक भएको छ। पाल्हिनन्दन गाउपालिका– ६ का जोगिन्दर बढई (३०) की श्रीमतीलाई मोटरसाईकलमा चढाएको रिस फेर्न वडा नम्बर ५, हर्दीका रोशन भनिने सूर्यकुमार बढई (२०) को हत्यामा भएको हो।

उनको हत्यामा संलग्न ३ जनालाई प्रहरीले करिव ३ महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा जोगिन्दर, सोही ठाउँमा सुरज राजभर (२०) र अर्का एक किशोर (१७) छन्। उनीहरुले गत १४ साउनको विहान करिव ४ बजे रोशनको ओछ्यानमै हत्या गरेका थिए।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार १४ साउनको राति आफ्नै भाइसँग सुतिरहेका रोशनमाथि धारिलो हतियार प्रहार भएको थियो। उनको घटनास्थलमै मृत्यु भएपछि संलग्नहरु फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार घटना हुनुभन्दा ३ दिनअघि (११ साउन) मा जोगिन्दर श्रीमतीलाई मोटरसाइकलमा राखेर रोशनले आफन्तको घरमा पु¥याई दिएका थिए। त्यसक्रममा जोगिन्दरसँग रोशनको भेट बाटोमा जम्का भेट भएपछि विवाद सुरु भएको थियो।

यो घट्नापछि जोगिन्दरले रोशनसँग बदला लिन योजना बनाएर सुरज र अर्का किशोरलाई पनि जानकारी गराएका थिए। योजना अनुसार १३ साउनको साँझ रोशनलाई गाउँको कुटिया माई मन्दिरमा बोलाईयो। तीनै जनाले त्यहाँ बसेर गाँजा सेवन गरे। रोशन पुगेपछि सामान्य छलफलपछि उनीहरु छुट्टिए।

त्यसपछि जोगिन्दर, सुरज र अर्का किशोर स्थानीय पसलमा बसेर मादक पदार्थ सेवन गरी रात परेपछि रोशनको घरतर्फ लागे। घर नजिके बगैचामा बसेर फेरी गाँजा सेवन गरे। त्यसपछि जोगिन्दरले साथमा बोकेर ल्याएको पखुवा (हतियार) लिएर रोशन सुतेको ठाउँमा पुगे।

बिहान करिव ४ बजे ओछ्यानमै गएर रोशनको घाँटीमा प्रहार गरे र हतियार ट्वाईलेटको सेफ्टिट्यांकीमा लुकाएर भागे। प्रहरीले अनुशन्धान गर्दा जोगिन्दर यूपी ५६ एए २७८९ नम्बरको मोटरसाइकल चढेर भारततर्फ भागेको तथा सुरज र अर्का किशोर गाउँमै बसेको खुल्यो।

सोही क्रममा २३ असोजमा जोगिन्दर आफ्नो घरमा आएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। जोगिन्दरकै सूचनाका आधारमा घटनामा संलग्न युवक र किशोरलाई पनि पक्राउ गरिएको नवलपरासी प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट