रवि प्रकरणमा ओलीलाई र्‍याखर्‍याखी पारेपछि गृहमन्त्रीको जवाफले प्रचण्ड चुप !

काठमाडौंँ– सहकारी ठगी प्रकरणमा शुक्रबार विहानैदेखि रास्वपाका सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चा चलिरहेको थियो। संयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजै टीआरसीको छनोट समिति बनाउने विषयमा छलफल गर्न बैठक बोलाएका थिए।

वैठकमा प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक र महान्यायाधीवक्ता रमेश बडाल उपस्थित थिए। टीआरसीका विषयमा औपचारिक छलफलपछि दाहालले पूर्वगृहमन्त्री रवि लामिछानेको प्रसंग निकालेर प्रधानमन्त्री ओलीलाई र्याखर्याखी पारे।

उनले सहकारी ठगीका विषयमा गठित संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयनबारे जिज्ञासासहित ‘छानविन समितिले दिएको प्रतिवेदन कसरी कार्यान्वयन गर्नुहुन्छ ? रवीजीलाई के हुन्छ ?’ भन्दै ओलीलाई प्रश्न गरे।

जवाफमा ओलीले संसदीय समिति आफ्नो रहरले गठन नभएको बताउँदै प्रतिवेदनमा आएको कुरा उल्लेख भए अनुसार नै कार्यान्वयन हुने वताए। ओलीले भने– ‘तपाईं प्रधानमन्त्री हुँदा नै छानविन समिति बनाउनुभएको हो। मैले त संसदीय छानविन समिति भनेको नीतिगत विषयमा गठन गर्ने हो, व्यक्तिलाई लक्षित गरेर बनाउन हुँदैन भनेर अडान लिएँ। तपाईंहरुले मान्नु भएन। आफैंले अघि सरेर समिति बनाउनुभएको हो। रवीजी पनि तयार हुनुभयो। कांग्रेसले त मागेकै थियो। अल्पमतमा परेपछि म चुप लागेँ। अब समिति बनिसकेपछि उसले जे सुझाव दिएको छ, त्यहीअनुसार हुन्छ । रवीजीको विषयमा कार्यान्वयन नगर्ने, अरुको मात्र गर्ने भन्ने हुँदैन।’

स्रोतका अनुसार ओलीको यो जवाफपछि पनि दाहाल सन्तुष्ट भएनन्। उनले थप जिज्ञासु भएर सोधे, ‘त्यसो भए रविजीलाई के हुन्छ त?’ जवाफमा ओलीले भने ‘अब समितिले जे भनेको छ त्यही हुन्छ। यसमा मैले भन्ने कुरा केही पनि छैन। संसदीय समितिले दिएको सिफारिस प्रधानमन्त्रीले मान्दिनँ भन्न पाउँदैन। यो त तपाईंलाई नै थाहा छ।’

त्यसपछि दाहाल रविलाई देखाएर धनराज गुरुङसहित कांग्रेसका नेतालाई पनि पक्राउ गर्नु पर्ने सैलीमा प्रश्तुत हुन थाले। उनले ओलीलाई अर्को प्रश्न राखे ‘सहकारी ठगीको विवादमा कांग्रेस नेताहरु पनि मुछिनु भएको छ। कांग्रेस नेताहरुलाई जोगाएर रविजीलाई मात्रै कारवाही गर्दा त जनमानसमा प्रश्न उठ्ला नि। त्यसमाथि अहिले प्रणालीमाथि नै प्रहारहरु भइरहेका छन्। झन् असन्तुष्टि बढ्न सक्ला नि?’

दाहालको यो प्रश्नपछि ओलीले जवाफ दिन नपाउँदै गृहमन्त्री रमेश लेखक बोले। उनको जवाफपछि भने दाहाल थप प्रश्न गर्न नसक्ने अवस्थामा पुगेको स्रोतको दावी छ। लेखकले भने– ‘हेर्नुस पूर्वप्रधानमन्त्रीज्यू, तपाईंलाई मैले के भनौं। एउटा पार्टीको व्यक्ति मुछियो भनेर समावेशी बनाउन कांग्रेसलाई पनि मुछौं भन्ने हो भने बेग्लै कुरा, नत्र त कारवाही गर्न त आधार चाहियो नि। धनराजजीको कुरा गर्नुभएको हो भने उनको खातामा पैसा गएको देखिनुपर्यो, उनले हस्ताक्षर गरेको हुनुपर्यो। श्रीमतीले गल्ति गरेको हो भने पनि त्यसमा कारवाही भोग्ने भन्ने हुन्छ र ? छोराले अपराध गर्यो भने बाबु जेल जानुपर्छ? तपाईं र मैले चाहेअनुसार हुने हो र? कानून अनुसार पो हुन्छ।’

लेखकको कुरा सुनेपछि दाहाल आवाक भए। ‘त्यो त त्यही हो। बाहिर प्रश्न उठ्ला भन्ने चिन्ता मात्रै हो मलाई’ भन्दै उनले रविको विषय त्यही अन्त्य गरे। त्यसपछि दाहालले बोलाएको विपक्षी दलको बैठकमा उनले यो विषय सुनाए। प्रधानमन्त्रीले रविलाई पक्राउ गर्ने संकेत दिएको उनको भनाइ थियो। उनले वैठकमै ‘रविजी पक्राउ पर्न सक्नु हुन्छ’ भन्दै सुनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट