तपाईँको आजको भाग्य – राशिफल
३ कार्तिक २०८१, शनिवार
मेष – दिन शुभ रहेको छ। शरीरमा आरोग्यता छाउनेछ। विद्या प्राप्तिको योग छ।
वृष – अकस्मात धन प्राप्तिको योग छ। सहयोगीहरु मिल्नेछन्। अप्रिय खबर सुन्नु पर्ने सम्भावना छ।
मिथुन – मन चञ्चल हुनेछ। गर्दै गरेका कार्यमा अवरोध आउनेछ। शरीर रुग्ण हुनेछ। पढाइको क्षेत्रमा मन जानेछ।
कर्कट – शरीर पुष्ट हुनेछ। मिष्ठान्न भोजन प्राप्तिको योग रहेको छ। यात्रामा भने सावधानी अपनाउनु होला।
सिंह – अनावश्यक धनको नाश हुनेछ। पारीवारिक सुख प्राप्त हुनेछ। शरीरमा आलस्यता बढ्नेछ।
कन्या – धन प्राप्ति हुनेछ। गरेका कार्य पूर्ण हुनेछन्। खानपानमा भने विशेष ध्यान दिनुहोला।
तुला – रोगले सताउनेछ। गरेका कार्य पूर्ण हुनुका साथै इष्टमित्रसँग भेट हुनेछ।
वृश्चिक – आर्थिक लाभ मिल्नेछ। पारीवारिक भ्रमणको योग रहेको छ। नयाँ कार्यहरु सुरु नगर्नुहोला।
धनु – गुप्त धन प्राप्ति हुनेछ। कार्य सफल हुनेछ। शरीरमा चोट पटकको भय रहनेछ।
मकर – भौतिक सुख प्राप्त हुनेछ। हर्षोल्लासमा दिन बित्नेछ। पेटको विरामले सताउनेछ।
कुम्भ – शत्रुको भय हुनेछ। दुर्घटना हुने सम्भावना छ। सवारीको यात्रामा सजग रहनुहोला।
मीन – नोकरीमा मान सम्मान मिल्नेछ। आर्थिक क्षेत्र सबल हुनेछ। चोरको भय रहनेछ।