घाँस काट्न जंगल गएका वृद्धको बाघको आक्रमणमा मृत्यु

काठमाडौँ– नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ लक्ष्मीटाँडीका जीवबहादुर थिङ (६३) को बाघको आक्रमणमा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार घाँस काट्न जंगल गएका वेला उनलाई बाघले आक्रमण गरेको हो। जीवबहादुर बिहान घरदेखि पाँच सय मिटर पर तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका थिए।

वृद्धलाई बाघले आक्रमण गरेको भन्ने सूचाना पाएपछि खोजीमा निस्किएको प्रहरीले जीवबहादुरलाई मृत अवस्थामा फेला पारेको थियो। उनलाई बाघले घाँटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट